रौतहट, १५ भाद्र ।
रौतहटको गरुडा नगरपालिका वडा नं.८ जिगडियामा हत्या भएका निरन्जन राम तथा प्रहरी हिरासतमा मृत्यु भएका विजय रामको परिवारलाई मेची महाकाली बुहारी सयुक्त अवाज रौतहटले खाद्यन सामग्रीहरु सहयोग गरेको छ ।


सयुक्त अवाज रौतहटले आज पिडित निरञ्जन र विजयका घर जिगडियामै पुगि उनीहरुका परिवारलाई ४ बोरा चामल , तेल , नुन , दाल , बच्चाका लागी ब्रेड तथा विस्कुट प्रदान गरेको हो ।
राहत सामग्री दिन गएका सयुक्त अवाज रौतहटले गरुडा हत्याकाण्डमा आन्दोलनमा रहेका संघर्ष समितिको आन्दोलनमा ऐक्यबद्धता जनाउदैं अपराधिक घटनाहरु घटने क्रम बढदै जान थालेपछि मृतक निरञ्जन र विजय रामको हत्यामा संलग्न जो कोही भए पनि कारवाहीको दायरामा ल्याउनु पर्ने माग समेत गरेका छन् ।


सयुक्त अवाजका रौतहट संयोजक पुजा पाठक तिमल्सिनाले हत्या भएको तेस्रो हप्ता हुदा समेत दोषीलाई पक्राउ गर्न नसक्नुले कतै हत्याराले उन्मुक्ति त पाउने होइन भनी शंका समेत व्यक्त गरेकी छिन् । अभियानका रौतहट सल्लाहकार समेत रहेकी चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरति चौधरीले इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि भरत श्रेष्ठसंग हत्या अनुसंधान बारे राखेकी जिज्ञासामा डिएसपी श्रेष्ठले सुक्ष्म तरिकाले हत्याराको अनुसन्धान भइरहेकोले मृतक परिवारले न्याय पाउने आश प्रतिक्रिया दिएको बताइन ।


गत साउन ३२ गते गरुडा नगरपालिकाको वडा नम्बर ८ जिगडियाका निरञ्जन रामको धारिलो हतियारले घाटी रेटी हत्या भएको थियो । सोही अभियोगका आरोप लागेका विजय रामसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिइ हिरासतमा नै रहेको बेला भाद्र ११ गते मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here