जलेश्वर, १४ भदौ (रासस) ।
महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा पर्ने निगौल गाउँमा आज मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–२ निगौल गाउँ बस्ने ६० वर्षीय वृद्ध उपेन्द्र मण्डल रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताउनुभयो ।
गौशालाबाट–सम्सीतर्फ जाँदै गरेको ज ७ प २८७७ नम्बरको मोटरसाइकलले बाटोमा हिड्दै गरेका वृद्ध मण्डललाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो । मण्डलको शव परीक्षणका लागि जनकपुरमै राखिएको छ । ठक्कर दिने मोटरसाइकलसहित चालक प्रहरीको नियन्त्रणमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here