कलाकार सन्दिप क्षेत्रीले समाजले भनेको कुरा अँटेरी गरेर नसुन्ने मान्छे नै जीवनमा अगाडि बढ्ने बताएका छन्
सोमबार नेपाल शौक्षिक परामर्श सघं इक्यानद्धारा आयोजना गरिएको एजुकेस्नल युथ समिटमा बोल्दै उनले हामीलाई ठूलो सपना देख्नका लागि वातावरण दिइएको छैन् र सानो सानो कुरामा चित्त बुझाउन सिकाइएको भन्दै यस्तो समाजको कुरालाई अटेर गर्ने मान्छे नै अगाडि बढ्ने बताए ।
उनले भने, ‘मलाई पनि कलाकार बन्दैनस भनेर भन्नुहुन्थ्यो । तर समाजले हामीलाई पटक पटक परीक्षा लिन आउँछ । पहिलो पटक अत्याउँछ । तबाट हुदैँन्, सक्दै सक्दैनस् भनेर भन्छ । हामी पनि त्यही सोच्न बाध्य हुन्छौ । ठूलो सपना देख्नको लागि वातावरण दिइएको छैन् । किनभने समाजले त्यसरी नै हुर्काएको छ । हामीलाई सानो सानो कुरामा चित्त बुझाउन सिकाइन्छ, समाजले सबैभन्दा पहिला तपाईलाई थर्काउछ, डराउछ जो अँटेरी हुन्छ त्यो कुरा सुन्दैन् त्यसपछि त्यो मान्छे अगाडि बढ्छ ।’
यस्तै, उनले सफल मान्छेको कुरा सुन्यो भने हरेक कुरा सफल जस्तो लाग्ने भन्दै समाजको कुरा धेरै सुन्न जरुरी नभएको पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here