काठमाडौं, १३ भदौ ।
नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड १९ सम्बन्धी जानकारी दिँदै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय ७ पुगेको बताए । मृत्यु हुनेमा ३ जना महिला र ९ जना पुरुष रहेका छन् । यो संख्या संक्रमित संख्याको शून्य दशमलव ५५ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here