काठमाडौं, १२ भदौ ।
नेपालमा कोरोना भाइरसका कारण संक्रमितको संख्या ३६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । खबथयमब मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न ४० वटा प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ३४ जना महिला र ५ सय ९३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए । उनले यो सँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुुगेको जानकारी गराए । यस्तै नेपलामा हालसम्म २० हजार २ सय ४२ जना कोरोना संक्रमणुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here