विराटनगर, ११ भदौ (रासस) ।
मोरङमा आज सवारी दुर्घटनाका कारण साइकलमा सवार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ११ः०० बजे सुन्दरहरैचा नगरपालिका वडा नं। ६ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट आइरहेको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार दुई जना नवराज बराईली र डम्बर श्रेष्ठ तथा मोटरसाइकल चालक जिल्ला बारा सिमरा –८ निवासी ४५ वर्षिय राजकुमार पुलामी सहित तीन जना घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि विराट नर्सिङ होममा लगिएकामा साइकलमा पछाडी सवार श्रेष्ठको निधन भएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । दुर्घटनाका कारण साइकल चालक बराईलीको अवस्था गम्भीर छ भने मोटरसाइकल चालकको अवस्था सामान्य रहेको र साइकल एवं मोटरसाइकल प्रहरीले नियन्त्रण लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here