रौतहट ७ भदौ ।
रौतहटका ब्यावसायीहरुले मनलाग्दी मुल्यमा अति आवश्यक खाद्यान्न सामग्री बिक्रि बितरण गरेको भन्दै उचित मुल्यमा बिक्रि गर्न ब्यावसायीलाई अपिल गरेको छ । रौतहटमा भाद्र १४ गतेसम्म निशेधाज्ञालाई निरन्तरता दिइएको छ । थप गरिएको निशेधाज्ञाको अवधिमा आम नागरिकलाई अति आवश्यक उपभोग्य खाद्यान्न सामग्रीको आपुर्ति सहज बनाउन हाल खाद्यान्न पसलहरु र निर्माण सामग्री पसलहरु विहान ७ बजेदेखि विहान ११ बजे सम्म उच्च सुरक्षा उपायहरु अवलम्बन गरि खोल्न दिने निर्णय गरिएको छ । यस अवधिमा ब्यावसायीहरुले मनलाग्दी बिक्रि गरेको भनी नागरिकको गुनासो रहेको छ । यस्तो परिस्थितिमा उचित मुल्यमा बिक्रि बितरण गर्न गराउन रौतहट उद्योग वाणिज्य संघले अपिल गरेको हो । यो बेला आम नागरिकलाई सहयोग गर्नु पर्ने बताउनु हुदै नागरिकलाई अत्याधिक रकम असुल्न नहुने र आफुले सक्ने सहयोग गर्नु पर्ने रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवालले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here