जानकी (बाँके), १३ भदौ |
निकुञ्ज सफारीलाई सहज बनाउने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जभित्र काठका पुल बनाइएका छन् । निकुञ्जभित्र रहेका स–साना खोलानालामा आवातजावत सहज बनाउने उद्देश्यले २० वटा काठका पुल निर्माण गरिएको निकुञ्ज संरक्षण अधिकृत श्याम शाहले बताउनुभयो ।“निकुञ्जभित्र स–साना खोलानाला छन् । वर्षामा खोला तार्न गस्ती सम्भव छैन । संरक्षण अधिकृत शाहले उक्त पुल निर्माणका लागि निकुञ्जभित्रकै ढलका, पुराना काठ प्रयोग गरिएको बताउनुभयो । सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा स्थापित बाँके राष्ट्रिय निकुञ्ज देशकै कान्छो निकुञ्ज हो । निकुञ्जमा ‘फायर लाइन’ बनाउने क्रममा खोला तथा खहरेमा काठका पुल निर्माण गरिएको संरक्षण उहाँले जानकारी दिनुभयो ।शाहका अनुसार निकुञ्जको चारै दिशामा काठका पुल बनाइएका छन् । आवश्यकता हेरि पुल थप गर्न सकिने उहाँको भनाइ थियो । “निकुञ्जभित्र बनाइएका उक्त पुल तर्दै नियमित गस्ती गर्नुका साथै विभिन्न सवारीसाधन प्रयोग गरी निकुञ्ज सफारी गर्ने गरिएको छ ।








