
जनकपुरधाम, ४ भदौ ।
सिरहामा ११ जना प्रहरी सहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार राति गरिएको स्वाब परिक्षणमा इलाका प्रहरी कार्यालय गोलबजारका १० प्रहरी र ४ जना सर्वसाधारणमा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, सिरहा नगरपालिका माडरमा पनि १ जना प्रहरीसहित ९ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नरहा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १ जनामा पनि कोरोना पोजिटिभ देखिएको छ ।
संक्रमित हुनेमा ४ महिला र २० जना पुरुषहरू रहेका छन् । योसँगै सिरहामा संक्रमितको संख्या २ सय ९८ पुगेको छ ।