रौतहट, ३२ साउन । मेचि महाकालि बुहारी संयुक्त आवाज बाराको शाखा गठन भएको छ ।
मेची महाकाली बुहारी संयुक्त आवाज बारा जिल्लाको संयोजकमा सावित्री बराल तिमल्सिना चयन हुनुभएको छ । यसैगरी उपाध्यक्ष सगुन लामा सचिब उषा थापा मोक्तान सह सचिब गगा जोसि कोषाध्यक्ष दिपा पुलामी सदस्य शान्ति लामा, अनिता पाण्डे, धनी भन्डारी, चन्द्रीका मगर रहेका छन । यसै गरी आवाजको सल्लाहकार समितिमा बरिस्ठ सल्लाहकार निजगढ नगरपालिका उपमेयर लिला देबि खानाल सल्लाहकार सुभद्रा नेपाल जिम्मेबारी दिएको छ । साउन ३१ गते देखि लागु हुने गरी समितिलाई जिम्मेवारी दिइएको संस्थाका केन्द्रिय अध्यक्ष यमु शर्मा शुब्बाले बताउनु भयो । बुहारीहरु माथि अन्याय हुन नदिन यो समिति क्रियाशिल रहने उहाले बताउनु भयो । आवाजले तराई मधेशमा जरा गाडेर रहेको दाइजो प्रथा र बालबिबाह अन्त्य गर्न महत्वपुर्ण भुमिका खेल्ने आवाजका संयोजक सावित्री तिमल्सिनाले बताउनु भयो । समाजमा धेरै महिला बालबालिकाहरु विभिन्न खालका हत्या हिसां बलात्कार, बालबिबाह, जस्ता कार्य भइरहेकाले यसको बिरुद्धमा आवाज उठाउने जनाइएको छ । मेची महाकाली बुहारी संयुक्त आवाज, यो देशको सबै जिल्लामा बिस्तार भइसकेको छ र यसका शाखाहरु बिदेशमा समेत विस्तार भइसकेको छ । ‘मेची महाकाली बुहारी संयुक्त आवाजले छोरी बुहारी र महिला मात्रमा सीमित नरहेर समाजमा घट्ने हरेक घटनाको बिरुद्धमा आवाज उठाउने बताइएको छ । सकारात्मक कार्यका लागि आवाज क्रियाशल रहने जनाइएको छ ।
नवगठित सयुक्त अवाजले निजगढ नगरपालिकाको वडा नं. ७ मा रहेको बृद्ध आश्रममा खाद्यान सामग्री वितरण गर्नुका साथै गौरीशंकर फाउनडेसनले आयोजना गरेको रक्तदान कार्यक्रममा सहयोगीको भुमिका निर्वाह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here