रौतहट,३१ साउन ।
रौतहट जिल्लामा भदौ १ गते देखि भदौ ७ गते सम्म निषेधाज्ञालाई निरंतरता दिइएको छ। रौतहट जिल्लामा कोभिड १९ को सन्क्रमितहरुको सन्ख्यामा दिनानुदिन बढदै गइरहेको र संक्रमणको जोखिम ल्को सम्भावना समेत उच्च रहेकाले आज साउन ३१गते बसेको जिल्ला सुरक्षा समितिको निर्णयानुसार मिति २०७७।५।०१ गते देखि भदै ७ गते राती १२ बजे सम्म निरंतरता दिइको छ।
थप गरिएको निषधाज्ञाको अवधीमा आम नागरिकहरुलाई अति आवश्यक उपभोग खाद्यान्न समाग्री आपूर्ति सहज बनाउन मिति २०७७।५।०१ गते सोमबार ,३गते बुधबार र ५ गते शुक्रबार का दिन बिहान ६ बजे देखि बिहान ९ बजे सम्म निम्न शर्तहरुको पूर्ण परिपालना गरि र गराइ अति आवश्यक उपभोग खाद्यान्न पसलहरु खोल्न दिइने तथा अन्य क्षेत्र भदौ ७ गते सम्म बन्द यथावतै राख्ने जिल्ला प्रशासन कार्यालय रौतहटले निर्णय गरेको छ।
शर्तहरु
क. बिक्रेता तथा उपभोक्त हरुले सेनिटाइजर,मास्क तथा पन्जाको अनिवार्य प्रयोग गर्ने।
ख. मास्क नलगाइ आउने ब्यक्ति उपभोक्तलाई खाद्यान्न वस्तु बिक्री बितरण नगर्ने।
ग. बिक्रेताले अनिवार्य रुपमा भौतिक दूरी कायम हुने गरि मात्र बिक्री वितरणको व्यवस्था मिलाउने।
उपरोक्त अनुसारको स्वास्थ्य सुरक्षा मापदण्ड उलंघन गर्ने । गराउने वा कार्याव्यनमा अवरोध गर्ने ,गराउने माथी संक्रमण एन २०२० तथा स्थानीय एन २०४८ बमोजिम कार्यवाही गरिने व्योहोरा समेत जानकारी गराइन्छ।
