काठमाडौँ, १२ साउन (रासस) ।
प्रहरीले कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा रु दुई लाख ७९ हजार ९१० ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ प्रहरीको महानगरीय अपराध महाशाखाले कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा सामान नपु¥याई ठगी गर्ने धनुषाका २४ वर्षीय धिरज शाहलाई आज पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले भारतीय अनलाइनबाट किनेको औषधि, मोबाइल, घडी, महिलाले लगाउने कपडाहरु नेपालमा होम डेलीभरी गराइदिने भनी विश्वासमा पारी उक्त रकम ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेका शाहले भारतबाट वेवी कार सिट मगाउने पीडितले इ–सेवाबाट पठाएको रु नौ हजार, भारतबाट साडी कुर्था ल्याउने भनी पीडितसँग लिएको रु ७७ हजार ७००, सिको घडी मगाउनका लागि पीडितसँग लिएको रु ४९ हजार ५५०, जेन्स कपडा ल्याउन पीडितसँग लिएको रु १४ हजार ८७५, औषधि तथा मोबाइल ल्याउन पीडितसँग लिएको रु ७३ हजार ७८५ ठगी गरेका छन् । शाहलाई ठगी मुद्धामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here