सप्तरी १० माघ ।
सप्तरीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।जिल्लाको बोदे बर्साइन नगरपालिका -२ जोगियास्थित बिसनपुर बोदे बर्साइन सडक खण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना भएको छ ।बिसनपुरबाट बोदेबर्साईनतर्फ जाँदै गरेको ३ जना सवार प्रदेश नम्बर २-०१-००१ प ६४०३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मोटरसाइकलको बीचमा सबार खडक नगरपालिका -८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार गराई यूनिक अस्पताल रायपुरमा लगेर उपचार गराइरहँदा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताए ।दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका -८ बस्ने २७ वर्षीय शनी चौधरी र पछाडि सवार १८ वर्षीय दिवेश चौधरीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका छन् । दुवैको युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here