हेटौंँडा, ९ साउन (रासस) ।
वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसार्इँले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट पारित भई आएका दुई विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । प्रमाणीकरण भएका विधेयकमा प्रदेशमा आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७७ र वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ रहेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताउनुभयो । प्रदेशसभाको बैठकले यही साउन ५ र ६ गते ती विधेयक पारित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here