दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा कोरोना भाइरसबाट संक्रमित भएका छन्। उनमा संक्रमणको मध्यम लक्षण देखिएको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ। अहिले उनको उपचार भइरहेको छ।

राष्ट्रपति रामाफोसामा आइतबार संक्रमण पुष्टि भएको हो। उनले आउँदो हप्तासम्मका लागि उपराष्ट्रपति डेविड माबुजालाई राष्ट्रपतीय अधिकार प्रदान गरेका छन्।

अहिले विश्वका विभिन्न क्षेत्रमा फैलिरहेको र चिन्ताको विषय बनेको ओमिक्रोन भेरियन्ट पहिलोपटक दक्षिण अफ्रिकामा पहिचान भएको थियो। त्यहाँ महामारीको चौथो लहर फैलिएको छ। देशका २५ प्रतिशतले मात्रै खोपको पूर्ण मात्रा लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here