काठमाडौँ, २ साउन (साउन) ।
क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे तथा विपद् पत्रकारिता सञ्जालले ५० पत्रकार महिलालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । काठमाडौँ महानगरपालिका र बर्न माउथ युनिभर्सिटीको सहयोगमा स्यानिटाइजर, पञ्जा र मास्क हस्तान्तरण गरिएको हो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

उपप्रमुख खड्गीले कोभिड–१९ बाट शुरुमा काठमाडौँ उपत्यका सुरक्षित भए पनि उपत्यका छिर्ने सीमानाका कडाइ गर्न नसक्दा असुरक्षित हुँदै गएको हुनाले सुरक्षित भएर काम गर्न जरुरी भएको बताउनुभयो । डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले पत्रकार महिलालाई सुरक्षितरुपमा काम गर्नका लागि थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here