रौतहट, २९ जेष्ठ । कोरोना भाईरसको लक्षण रौतहटमा होवातै बढेको भए पनि बुधबार एकैपटक ८१ जना कोरोना जितेर घर फर्केका छ्न ।
रौतहटको गरुडा नगरपालिकाको बिर्ता बोर्डिङ स्कुलको आईस्लोसन बाट ६५ जना र गौर नर्सिङ ईन्स्टिच्यु बाट १६ जना गरि ८१ जना कोरोना भाईरस संक्रमण बाट मुक्ति पाएको छ ।
कोरोना भाईरसको संक्रमण बाट मुक्त भएकालाई गौर अस्पतालका डाक्टर कृष्णा साहले अबिर ,फुलेको गुच्छा दिएर स्वागत गरि घर गएपछि एक हप्ता सम्म आ९आफ्नो घरमा क्वारेन्टाइनमा बस्ने सुझाव दिनु भएको हो ।
रौतहटको आईसलोसन बाट हालसम्म १ सय २ जना कोरोनालाई पछारी घरेलु जीवन यापनमा लागेको छ