रौतहट, २१ जेठ । देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले आफना नगरमा हुन सडक ढलान कार्यको शिलान्यास गर्नु भएको छ ।

विश्व कोरोना महामारीको संकटबाट गुज्रिरहेका बेला आफना नगरका बासीन्दाहरुको स्वास्थ्य सुरक्षामा अहोरात्री खटदै आएका मेयर पटेल विगतका आर्थिक वर्ष देखि आन्तिरिक विवादका कारण रोकिएको विकासात्मक कार्यहरुलाई तिब्रताका साथ अगाडी बढाएका छन् ।
यसै विचै देवाही गोनाही नगरपालिकाको मेयर पटेलले जिल्ला समन्वय समिति रौतहटका उपाध्यक्ष राम वशिष्ट यादव तथा सम्बन्धित वडाका अध्यक्ष ब्रह्मदेव कुर्मीको विशेष उपस्थितिमा देवाही बजार देखि पंचन बैठाको घरसम्मको बाटो ढलानका लागि शिलान्यास गरेका हो ।


यस अघि पनि मेयर पटेल आफना नगरका विभिन्न वडाका योजनाहरुको सिलान्यस गरि निर्माण कार्य आरम्भ गराएको उनका सहयोगी अशोक पटेलले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here