काठमाडौं १७ जेष्ठ । भक्तपुरको मध्यपुरठिमीमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको कदमबास घर बताउने र हाल भक्तपुरको नगदेशमा बस्ने २१ वर्षीय सचिन तामाङ छन् ।

शनिबार बिहान करिब सवा २ बजेतिर मध्यपुरठिमी नगरपालिका वडा नम्बर ६ बाहखा बजारस्थित सन्जिब चित्रकारको घरको भुइँतलामा रहेको एटिएम मेसिन फुटाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक डीएसपी दिपक गिरीले जानकारी दिए ।

उनको साथबाट १ थान ह्याम्बर, १ थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर डण्डी बरामद भएको छ । उनलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत ठिमीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको डीएसपी गिरीले जानकारी दिए । संभार सवाल नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here