दीपेन्द्र बस्नेत ।
कञ्चनपुर, १२ जेठ । भारतका विभिन्न स्थानहरुबाट सीमा क्षेत्रमा पुगेर अलपत्र परेका ४ हजार ८६४ जना नेपालीहरुलाई सुदुर पश्चिमका प्रमुख दुई नाकाहरुबाट सोमबार भित्र्याइएको छ । सोमबार सुदुर पश्चिमको गौरीफन्टा नाका र गड्डाचौकी नाकाबाट सीमान्त भारतीय क्षेत्रमा अलपत्र रहेका ४ हजार ८६४ जना नेपालीहरुलाई नेपाल भित्र्याएर सम्बन्धित जिल्ला र पालिकाहरुमा पठाइएको छ । सोमबार उद्धार गरिएका मध्य गड्डाचौकी बाट २,६३४ जना र गौरीफन्टा नेपाल-भारत नाकाबाट २ हजार २२७ जना नेपालीहरुलाई स्वदेश प्रवेश गराइएको छ । नेपालका पुर्वी सीमानाका हरु बाट प्रवेशमा रोक लगाइए पछि सुदुर पश्चिमका यि नाकाहरुबाट पुर्वी नेपालका नागरिकहरु समेत आउन थाले पछि यहाँ नेपाल प्रवेश गर्नेहरुको घुइँचो लाग्न थालेको हो ।

चोर बाटोबाट नेपाल प्रवेश गर्नेहरु बढे पछि सोमबारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डाचौकी नाका निश्चित समयका लागि अलपत्र नागरिकहरुको उद्धारका लागि खुल्ला गरेको हो । यि नाकाहरुबाट मजदुरी र अध्ययनका लागि गएका नेपालीहरु ठूलो संख्यामा स्वदेश फर्कन थाले पछि सुदुर पश्चिममा बनाइएका क्वारेन्टाइनहरु भरिन थालेका छन् ।