फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले बुधबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।जसअनुसार कालिमाटीमा आज ठूलो गोलभँडा भारतीय ८० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।यस्तै, लोकल सानो गोलभेँडा ५०, तितो करेला ९०, लौका ८०, परवर लोकल ९०, परवर तराई १२०, पाकेको फर्सी ५०, हरियो फर्सी लाम्चो २०, हरियो फर्सी डल्लो २०, भिण्डी १२०, बरेला ६०, पिडालु ८०, स्कुस २५, रायो साग २०, पालुङ्गो साग ८०, चमसुरको साग ८०, तोरीको साग ४०, मेथीको साग ८०, हरियो प्याज ५०, बकुल्ला ११०, तरुल ७०, कन्य च्याउ १४०, डल्ले च्याउ २८०, ब्रोकाउली ७० र रातो बन्दा ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।यस्तै, रातो आलु ६०, सेतो आलु ४०, प्याज सुकेको ६३, गाजर लोकल १००, गाजर तराई १००, बन्दा लोकल ४०, बन्दा तराई ३०, बन्दा नरिवल ३५, स्थानीय काउली ४०, स्थानीय काउली ज्यापु ७०, तराई काउली ३५, सेतो मुला लोकल ४०, लाम्चो भन्टा ६०, डल्लो भन्टा ७०, मकै बोडी ६०, मटरकोशा ११०, घिउसिमी लोकल ८० र टाटे सिमी ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।यसको साथै, केरा दर्जन १५०, स्याउ फूजी २६०, अनार ३५०, सुन्तला नेपाली ९०, मेवा नेपाली ६० रुपैयाँ प्रति केजी विक्रि भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here