काठमाडौं, १२ जेठ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ पुगेको हो । यसअघि सिन्धुपाल्चोक, गुल्मी र बाँकेमा गरि ३ जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ ।