रौतहट, १० जेष्ठ । रौतहटमा क्वारेन्टाइनमा बस्नेको संख्या २१ सय १० पुगेको छ ।
रौतहटमा पछिल्ला दिनहरुमा भारत बाट घर आउने को खस्या बढ्दो छ ।
जिल्लाको बिभिन्न क्वारेन्टाइनमा एकसय ६३ महिला र १९ सय ४७ जना पुरुषहरु रहेका छन ।
जिल्लाका ८ सय २१ जना क्वारेन्टाइन बाट घर फर्किएका छन । आइसोलेसनमा १७ पुरुष र १ महिला बस्दै आएका छन ।रोतहटमा ९ सय ९७ जनाको स्वाव संकलन गरीएको छ । ति मध्य ५ सय १९ जनाको रिर्पोट आउन बाकी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । रौतहटका १८ वटै स्थानिय तहले कम्तीमा ५ सय बेडको क्वारेन्टाइन बनाउनका लागी गृहकार्य गरीरहेका छन भने केही स्थानिय तहले निमार्ण समेत गरीसकेका छन ।