गरुडा, ६ जेठ । जिल्लामा काेराेना संक्रमितकाे संख्या दिनानुदिन बढन थाले पछि राेकथामका लागि गरुडा, माधव नारायण र देवाही गाेनाही नगरपालिकाले सयुक्तरुपमा आईसाेलेसन बार्ड बनाउने निर्णय गरेकाे छ ।

आज मंगलबार गरुडा न. पा. को कक्षमा नगर प्रमुख ईन्नु राय यादव, माधव नारायन न पा.का नगर प्रमुख विरेन्द्र राय यादव र देवाही गोनाही न. पा. का नगर प्रमुख धर्मेन्द्र पटेल तथा गरुडा ई. प्र. का. का डि एस पि ज्ञान कुमार महताेकाे सन्युक्त बैठकले ७५ बेड को आइशोलेसन वार्ड निर्माण गर्ने सहमती गरेको हाे ।

आईसाेलेसन निर्माण गर्ने सहमति भए पछि आजै श्री माध्यमिक विद्यालय मह्म्म्द्पुर गरुडा ५ मा आइशोलेसन वार्ड निर्माणकाे लागि सम्भावित स्थलको रुपमा सन्युक्त निरिक्षण समेत गरिएकाे छ ।

बुधबार बस्ने तिनै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरुको बैठकले यश बारे विस्तृत छलफल गरि अन्य प्रक्रियाहरु अगाडी बढाउने सहमती भएको गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माेहमद मुस्ताक आलमले रेडखबरलाई जानकारी गराउनु भएको छ ।

बैठकमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनार्दन झा र नगरपालिकाका सक्रिय व्यक्तित्व अनिल कुमार यादव समेतकाे सहभागीता रहेको थियोे ।