रौतहट ६ जेष्ठ । रौतहट जिल्लाको बृन्दावन नगरपालिका ले अन्र्तगत एकै पटक ६ स्थानमा करिब ६ सय २५ बेडको क्वारेन्टाईन कक्ष निर्माण गरेको हो ।
मेयर रामस्नेही यादवले भारतबाट नेपालको सीमा नाका सम्म आएर बसेका नागरिकलाइ उद्दार गरेर क्वारेन्टाईनमा राख्ने उदेश्यले क्वारेन्टाईन निर्माण गरिएको जानकारी दिएका छन ।
भारतको बिभिन्न स्थानबाट सीमा नाकासम्म आएका नागरिकलाइ उद्धार गर्ने समेत मेयर रामस्नेही राय यादवको भनाइ छ ।
बृन्दावन वडा नं—१, २, ३ को लाागी श्री नेपाल उच्च माबी बिश्रामपुर, वडा नं ४ र ५ का लागी श्री सरवस्ती माबी हर्दिया पल््टुवा, वडा नं—६ र ७ का लागी उच्च मावि सखुअवा धमैरा र प्रबि विद्यालय चमनपुर त्यसैगरी वडा नं ८ का लागी उच्च माबी वरगजवा र वडा नं ९ का लागी भुसहा मर्दसामा क्वारेन्टाईन कक्ष निर्माण गरिएको बृन्दावन नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here