रौतहट ४ जेष्ठ । रौतहटको बिभिन्न क्वारेन्टाइनमा चारसय ३९ जना मानिस रहेका छन । दुइ सय जनाको रिर्पोट आउन बाकी रहेको छ ।
जसमध्य ६० जना महिला रहेका छन भने अन्य पुरुषहरु रहेको छन ।पछिल्लो समय भारत बाट लुकेर नेपाल प्रवेश गरेका हरु लाइ क्वारैन्टाइनमा राखिएको छ । चन्द्रपुर ६ मा रहेको क्वारेन्टाइनमा केही दिन अघि भारत बाट आएका १६ जना लाइ क्वारेन्टाइनमा राखिएको छ उनीहरुको स्वाव परिक्षणका लागी लगिएको छ । जिल्लामा एकसाता यता मात्रै भारत बाट आएका ६२ जना लाइ क्वारेन्टाइनमा राखिएको छ ।
अहिले सम्म रौतहटमा ५ सय ९९ जनाको पिसिआर बिधी द्धारा स्वाव संकलन गरीएको छ । ति मध्य २ सय जनाको रिर्पोट आउन बाकी रहेको छ । हाल सम्म ३ सय ८६ जनाको रिर्पोट नेगेटीभ आएको छ भने १३ जनाको पोजेटिभ आएको हो ।
रौतहट बाट हाल सम्म ७ सय ६१ जना क्वारेन्टाइन बाट घर फर्किएका छन ।
रौतहटमा क्वारेन्टाइन बेड सख्या १४ सय ३२ रहेको जिल्ला प्रशासन कार्यालय ले जनाएको छ । जिल्लामा ४० वटा आइसोलेसन बेड रहेको बताइए पनि डाक्टर नहुदा संचालन रहेको छैन । कोराना भाइरस पोजेटिभ देखिएकालाइ आइसोलेसनमा राखेर उपचार गराउन तयार गरीएको भइपनि स्वास्थ्यकर्मीहरु नभएकाले बिरामी लाइ बिरगज पठाउने गरीएको बताइएको छ ।