काठमाडौं, १ जेष्ठ । नेपालमा थप ३ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघि ८ः ३० मा सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमितहरु काठमाडौं दहचोकका ७ वर्षका बालक, जनकपुरका १७ वर्षिया किशोरी र धादिङका ३० वर्षिया महिला हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ४९ पुगेको छ । यसअघि बिहीवार दिउँसोसम्म ३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।
