सिरहा ३१,बैशाख । सिराहामा लागूऔषधसहित दुइ युवक पक्राउ परेका छन्। भगवानपुर गाउँपालिका ३ का १९ वर्षीय परितोषकुमार यादब र पछाडि सवार १९ वर्षकै क्रिचनशरण यादवलाई पक्राउ गरिएको हो ।सिराहाको भगवानपुर गाउँपालिका ३ लालपुर टोलस्थित इनर्वा भगवानपुर कच्ची बाटोबाट दुइ जनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको सादा पोशाक टोलीले दक्षिणबाट उतरतर्फ आउँदै गरेको बीआर३२एक्स ८४६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध डाईलेक्स डीसी १०० एमएलको ३० बोतल बरामद गरेको छ ।