विरगंज, २९ बैसाख ।
पर्सा जिल्लाका पत्रकार तिवारी यादवलाई प्रहरीले रिहा गरेको छ ।
आईतबार विरगंजको लिंकरोडस्थित नारायणी एफ.एम. स्टेशनको प्रवेशद्वार छेउकै सडकपेटीबाट मोटरसाइकल पार्किङको विषयमा पक्राउ गरिएको पत्रकार यादव पर्सा प्रहरीले रिहा गरेको हो।
सडक पेटीमा राखेको मोटरसाइकल हटाउन पत्रकार यादवलाई प्रहरीले भने पछि विवाद हुँदा उत्पन्न भई पत्रकार यादवलाई आइतवार दिउँसो २ बजेतिर एफएम स्टेशनको प्रवेशद्वार अगाडिबाटै पक्राउ गरेको थियो । नेपाल पत्रकार महासंघ प्रदेश नं २ समिति सहित पत्रकारसम्वद्ध संघसंस्थाहरुले दबाव दिएपछि उहाँलाई प्रहरीले रिहा गरेको हो । जिल्ला प्रहरी कार्यालयमा समेत प्रहरी भ्यानमै राखिएका पत्रकार यादवलाई प्रदेश नं २ का प्रहरी प्रमुख डिआईजी धिरज सिंहको उपस्थितिमा रिहा गरिएको थियो ।
प्रहरीले आफूमाथि हातपात समेत गरेको यादवले बताएका छन् । यादवलाई रिहा गरेपनि मोबाइल भने फिर्ता गरेको छैन । प्रहरी उपरीक्षक गंगा पन्तले घटनाको छानवीन गरेर दोषीलाई कारबाही गर्ने बताउनुभएको छ ।