बारा, २९ बैशाख ।
नेपाल प्रेस युनियन बाराका सदस्य एवंम पत्रकार पवन यादव माथी सांघातीक आक्रमण गर्ने हमलाकारीहरुलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
कलैया उपमहानगरपालिका वडा नं. १ स्थिीत भरत चाौकमा रहेको पत्रिकाको कार्यालयबाट काम सकेर घर फर्कदै गर्दा पत्रकार यादव माथी आईतवार बेलुका ८:३० बजे वडा नं.२ को हनुमान मन्दिर नजिक आक्रमण भएको थियो ।
सांघातीक आक्रमणमा संलग्न रहेका कलैया उपमहानगरपालिका वडा नं. १ का नारायण सर्राफ र वडा नं. ३ का छोटु भन्ने इरफान मंसुरलाई बारा प्रहरीले पक्राउ गरेको बारा प्रहरीका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए । घटनामा अन्य दुई आक्रमणकारी भने फरार रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक मिश्रले जानकारी दिए ।
पत्रकार यादवमाथी गए राती भएको आक्र्मणका कारण निघारमा चोट लागेको पिडीत पत्रकार यादवले जानकारी दिए, संग संगै आक्रमणका कारण पत्रकार यादवले वोकेको ल्यापटप,क्यामरा र मोवाईलमा क्षती पुगेको उनले साझेदारीलाई बताए । सांघातीक आक्रमणमा संलग्नमा रहेका अन्य दुईको खोज तलास जारी रहेको बारा प्रहरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले बताए ।