फोटो : अमिर श्रेष्ठ

काठमाण्डौं, २८ बैसाख ।
विश्वमा महामारीको रुपमा रहेको कोरोना भाईरस नियन्त्रणका लागि सरकारबाट गरिएको लकडाउन र सामाजिक दुरीका कारणले हाल देसमा रगतको अभाव हुन थालेको छ। रगतको यस अभावलाई मध्ये नजर गरेर थोरै भए पनि भार थेग होस् भनि श्री पिङ्गला युवा कल्ब, काठमाडौं ८, पिङ्गलास्थान र नेपाल रेडक्रसद्वारा सामुहिक रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
श्री पिङ्गला युवा कल्बका अध्यक्ष अजय तामाङ्गले जानकारी गराए अनुसार शनिवारको रक्तदान कार्यक्रममा बैसठ्ठी पिन्ट रगत संकलन गरिएको छ। क्लबका उपाअध्यक्ष सकिला श्रेष्ठज्युले आजको रक्तदान कार्यक्रमको रक्तदाता, कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय ब्यापारी, सनराई बैंक, काठमाडौँ वडा ८, महानगरीय प्रहरी वृत गौशाला लगायत मानव हितका निम्त ओहोरात्र खट्न तत्पर रहने क्लबका सम्पूर्ण सदस्यहरुलाई धन्यबाद प्रकट समेत गरेको छन्। कल्बले यसका अलावा समय समय अन्य विभिन्न समाजिक कार्यहरु गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here