रौतहट २१ बैशाख । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोनावाट सचेत गराउन र प्रकोपलाई नियन्त्रण गर्न तथा वच्नका लागि गौर नगरपालिकाले वजारका चोक चोकमा हात धुने धाराहरुको व्यवस्था गरेको छ ।
गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताको सक्रियतामा आइतबार गौर नगरपालिकाका नगर भित्र मुख्य २ वटा चोकहरुमा वाहिरवाट आउने सर्वसाधारण व्याक्तिहरु तथा वजारमा आवतजावत गर्ने यात्रुहरुलाई सहज होस भन्ने हेतुले धाराहरुको निर्माण गरेको हो ।

हातधुने स्थान तथा धाराहरुमा बिलिचिग पाउडर, ह्याण्ड वासर र पानीको ब्यबस्थापन गरिएको छ । वजारका बिपि चोक, नेपाल लजको छेउमा उक्त धाराको निर्माण गरिएको हो । कोरोना भाइरस फैलन नदिनका लागि र वजारमा आउने व्याक्तिहरुले सहज रुपमा हात धुने व्यवस्था मिलाउनका लागि यस्तो व्यवस्था गरिएको नगर प्रमुख गुप्ताले रेड खबर वताए ।
नगर प्रमुख गुप्ताले कोरोनाले निम्त्याएको आपतकालीन अवस्थामा सवैलाई सचेत रहन आग्रह गर्दै अत्यावश्यक काम वाहेक वाहिर ननिस्कन र आफ्नो स्वास्थ्य प्रति सजग रहन सवैलाई अनुरोध गरे ।
धाराहरुको निर्माण पश्चात गौर नगरपालिकाका नगर प्रमुख, नगर उप प्रमुख किरण ठाकुर, प्रहरी उपरीक्षक रबिराज खड्का, गौर नगरपालिकाका नगर युवा सासंद ओम प्रकाश भाइ मधेसी व्याक्तिहरुले हात धोएर शुभारम्भ समेत गरिएको छ । साथै बाकी रहेको चोकमा पछी हात धुने धाराहरुको निर्माण गरिने नगर प्रमुख गुप्ताले बताए ।