रौतहट, १५ कार्तिक ।
मधेश प्रदेश सरकारमा उर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजाद चढ्ने गाडीले मंगलबार ठक्कर दिदा सलार्ही ३ जना घाईते भएको छ । मधेश प्रदेश ०२–००१ झ ०२४० नम्वरको सरकारी नम्बर प्लेटको स्कारपिओ जिप र विपरित दिशाबाट आउदै गरेका बा.४३ प. १२६३ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार तिन जना घाइते भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएका हुन् ।
बरहथवाबाट नयाँ रोड तर्फ गईरहेका र विपरित दिशाबाट आईरहेका मोटरसाइक मुक्तेश्वर चोकमा गएराति दुर्घटना हुँदा तिन जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको इप्रका बरहथवाका डिएसपी लिलाराज लामिछानेले बताए ।








