हरिहरपुर १९ बैशाख । हरिहरपुरगढी गाउँपालिकामा चट्याङ लागेर युवकको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर २ श्रीपुरका ३० वर्षीय पुरुषोत्तम राईलाई चट्याङ लागेको हो ।
पानीघट्टमा बुबालाई खाना पुर्याएर फर्कँदा पुरुषोत्तमलाई चट्याङ लागेको हो । चट्याङबाट घाइते पुरुषोत्तमलाई उपचारका लागि स्थानीय पोलिक्लिनिक झनझने लगिएकाको थियो । तर उनी बाँचेनन् । चिकित्सकले तत्कालै मृत घोषणा गरेको झनझनेका चौकीका प्रहरी हवल्दार उमा घलानले जानकारी दिनुभयो । संभार जनता समाचार