रोल्पा, १८ वैशाख। रोल्पामा बम विस्फोटमा हुँदा चार बालबालिकाको मृत्यु भएको छ। रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बिहीबार अपरान्ह भएको विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको हो ।

स्थानीयले बिस्फोटको आवाज सुनेपछि हेर्न पुगेका थिए । त्यस लगत्तै चारै बालबालिकाको घटनास्थलमै मृत्यु भएको खबर प्रहरीलाई गरेको रोल्पा प्रहरीले जनाएको छ ।

मृत्युु हुनेका तीन बालक र एक बालिका छन् । घटनास्थलमा अहिले नेपाली सेनासहित सुरक्षाकर्मीहरु पुगेका छन् । संभारटुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here