नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई एक सय ३१ रनको लक्ष्य दिएको छ।चितवनले रवि बोपाराको अर्धशतको मद्धतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनायो।त्यस्तै कप्तान कुशल मल्लले २३ र विपिन रावल ११ रन बनाए।कर्णालीका विपिन शर्माले तीन विकेट लिए जिसान मक्सुदले दुई विकेट तथा नन्दन यादव र सोमपाल कामीले समान एक–एक विकेट लिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here