रौतहट, १८ बैशाख। कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई रौतहटको माधव नारायण नगरपालिकाको नगर प्रमुख बिरेन्द्र राय यादब को पहलमा वडा नं ८ का वडाअध्यक्ष जितेन्द्र प्रसादले आफ्नो वडाका ज्यालाादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

राहत वितरणमाधव नारायण नगरपालिकाकाले प्रति परिवार २५ किलो चावल, २ किलो दाल, लिटर खानेतेल, १ लिटर नुन १ किलो आल ३ किलो साबुन १ थान वितरण गरेको यादबले बताएका छन ।

राहत सामग्री वितरण अगाडी नगरपालिकाले नगरका विभिन्न वडाहरुको अतिविपन्न, गरिब तथा ज्यालादारी गर्नेहरुको विवरण गरेको अनुसार सामग्रीहरु वितरण भई रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here