रौतहट, १७ बैसाख । नेपाली कांग्रेस रौतहट जिल्ला सभापति कृष्ण यादवको निजि सहयोगमा स्वास्थ समाग्री वितरण नेपाली काग्रेसका रौतहट सभापती कृष्ण प्रसाद यादवले जिल्लाका बिभिन्न क्वारेन्टाइनहरुमा स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका छन ।
बुधवार सभापती यादवले चन्द्रपुर ६ मा रहेको क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीका लागी ३ थान पिपिइ यस्तै त्यहा बस्दै आएका चन्द्रपुर नगरपालिका गढीमाइ नगरपालिका, गुजरा नगरपालिका,बृन्दाबन नगरपालिकाका व्यक्तिहरुलाइ गम्छा १८ ,गन्जी १८ थान, सेनिटाइजर एक लिटर, माक्स २५ थान, साबुन सहयोग गरेका छन ।
जिल्लामा रहेका सवै क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुलाइ आवश्यक न्यूनतम स्वास्थ्य सामाग्री सहयोग गर्ने सभापति यादवले बताए ।