सप्तरी १२ बैशाख । हनुमाननगर कंकालिनी नगरपालिकाका ज्येष्ठ, एकल महिला, अपाङ्गता, दलितलगायतले घर घरमै सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । हनुमाननगर कंकालिनीले १४ वडाका सबै घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

नगरपालिका भित्रका सम्पूर्ण ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता, दलित, बालपोषण लगायतका सामाजिक सुरक्षा भत्ता घर घरमै पुगेर हात हातमा हस्तान्तरण गरेको नगरपालिका अध्यक्ष शैलेशकुमार शाहले बताउनुभयो । संभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here