काठमाडौं, ११ बैसाख । नव गठित जनता समाजवादी पार्टी, नेपालले पार्टी एकता बारेकाे पत्र जानकारीका लागि संघिय संसद सचिवालयमा बुझाएको छ ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीच भएको एकीकरण भई जनता समाजवादी पार्टी नेपालबारे संघीय संसद सचिवालयका महासचिवलाई पार्टी एकताको बारेमा संसदीय दलका नेताहरुले पत्र बुझाएका थिए ।
वैशाख १० गते बुधबार मध्य राति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल बीच एकता भएको सहमतिपत्र संलग्न गरी पठाइएको जानकारीसहितको व्यहोराको पत्रमा उल्लेख गरिएको छ ।
राजपा नेपालको तर्फबाट अध्यक्षमण्डलका सदस्यहरु शरतसिंह भण्डारी, राजेन्द्र महतो, महासचिव केशव झा र समाजवादी पार्टीको तर्फबाट डा.शिवजी यादव संसद सचिवालय पुगेका थिए ।
उनीहरुले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटालाई पनि भेटेर एकताको बारेमा मौखिक जानकारी गराएका छन् ।