काठमाडौं, ११ बैसाख । संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरू दस्तावेज सहित निवेदन दर्ता गरिएका छन् ।
समाजवादी पार्टी र राजपा नेपालका नेताहरुले निर्वाचन आयोग कान्तिपथमा दस्तावेज सहित निवेदन दर्ता गरिएको जनाइएको छ ।
बुधबार अबेर राति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल बीच एकता भएको थियो । पार्टी एकतापछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ ।
त्यस्तै एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ। भने चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्ने छातालाई राख्ने सहमति गरिएको छ। राजपाबाट महन्थ, ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
समाजवादी र राजपा एकतापछि संघीय संसदमा उनीहरुको संख्या ३४ पुगेको छ । यसअघि समाजवादीमा १७ र राजपा नेपालमा १७ सांसद थिए ।
