रौतहट, ९ बैसाख ।
नेपाली काँग्रेस रौतहटका युवा नेता एवम क्षेत्र नं.१ निवासी नितेश कुमार गुप्ताले कोरोना भाईरस महामारी नियन्त्रणको बर्तमान अवस्थामा संघिय सासद अनिल कुमार झा एवम प्रदेश विधायक तथा कृषि राज्यमन्त्री योगेन्द्र राय यादबलाई समसमायिक विषयमा ११ वडा कडा प्रश्नहरु सोधेका छन् ।
बर्तमान कम्युनिष्ट सरकार तथा प्रदेश नं.२ को सरकारले सस्तो लोकप्रियता नारा लगाएर मधेसी जनतालाई दुःख परेको बेला ठोस केही कार्य नगरेको भन्दैं जनताका तर्फबाट केन्द्रिय सरकार र प्रदेश सरकारलाई कोरोना भाइरसको सन्दर्भमा गम्भीरताका साथ उक्त प्रश्नहरु गरेका छन् ।
गुप्ताले सोधेका प्रश्नहरु जस्ताको त्यस्तै ः
१.रौतहटका क्षेत्र १ बाट सस्तो लोकप्रियता नारा लगाएर प्रतिनिधि सभा र प्रदेश विधायक पदमा निर्वाचन भएर प्रदेश सरकारको कृषि राज्य मन्त्री भएर हाल सम्म मधेसवादीको नेतृत्वमा रहेका प्रदेश सरकारले कोभिड १९ ले पारेका प्रभावको ब्यवस्थापन र लकडाउनलाई सफल गर्न के के गरयो ?
२.प्रदेश नं.२ सरकारले जनताले भोगिरहेका समस्या निवारणका लागि अहिलेसम्म केके गरेका छन ?
३.जनतालाई लिखित जवाफ दिनु महोदय लकडाउन र कोभिड १९ का सवालमा अहिलेसम्म प्रदेश सरकारले कती वटा कोरोना अस्पताल बनाएको छ र तपाई आफ्नो जिल्लामा कतीं कोरोना अस्पताल र कती वोटा क्वारेन्टाइन बनाउनुभो, कहा कहा गरिब दिन दुखितलाई राहत बितरण गर्नुभो ?
४. प्रतिनिधि सभा निर्वाचित सदस्य अनिल झा ले स्थानीय जनतालाई स्वास्थ सम्बन्धि अति आवश्यक समाग्री वितरण गरेको खोई ?
५.कम्युनिष्ट सरकारले अति विपन्न वर्ग र दलित मजदुरलाई विशेष राहतको व्यवस्था किन गरेन ?
६.प्रदेश २ को मुख्यमन्त्रीको प्रभावकारी भुमिका कहि कतै देखिएन लालबाबु राउत ज्युको नेतुत्वका मन्त्रीहरु कता लुकेर बसेको छ ?
७.आफ्नो श्रीमतीलाई भोतिक मन्त्री बनाएको मा. अनिल झाले पनि स्थानीय जनतालाई राहत वितरण गरेन ?
८.प्रदेस सरकार अहिलेको संकटमा कहा के के गरयो ? कुनै महत्त्वपूर्ण काम भए बताउनु पर्यो ।
९.नस्वास्थ समाग्री प्रदेश सरकारले कहा कती र कसलाई उपलब्ध गराएको जानकारी पाऊँ ?
१०.बिना बजेट कै दिनरात शिलान्यासमा व्यस्त राज्यमन्त्री योगेन्द्र यादब स्थानीय जनतालाई के के सेवासुविधा उपलब्ध गराएको ?
११.आफनै क्षेत्रका जनताहरुलाई वेवास्ता किन ? निर्वाचनको बेला झूठ कुरा मात्रै ? अब दारु मास वितरण गरि भोट् लिने खेल चलदैन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here