काठमाण्डौं, ८ बैसाख ।
नेपाल सरकार मन्त्रिपरिषदले सिफारीस गरेको दुईवटा अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले पारित गरेकी छिन् ।
मन्त्रिपरिषद् बैठकले निर्णय गरेर सिफारिस गरेको केही घण्टामै राष्ट्रपति भण्डारीले सोमबार अध्यादेश प्रमाणिकरण गरेकी हुन् ।
राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here