काठमाडौं, माघ २९
नेकपाको प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफ्ना समर्थकहरूलाई धैर्य गर्न आग्रह गरेकी छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुलाई राज्य विरूद्धको कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको बताएकी हुन्।
आफू अहिले अपराध अनुसन्धान मीनभवनमा रहेको जनाउँदै उनले सबै साथिहरूलाई धैर्य गर्न आग्रह गरेकी हुन्। उनले यो लडाइँ अन्तिम भन्दै आ–आफ्नो ठाउँबाट डटौं भनेकी छन्।
उनी पक्राउको विरोधमा अहिले अपराध महाशाखा मिनभवनबाहिर नेकपाको प्रचण्ड माधव समूहका नेता कार्यकर्ताले विरोध पदर्शन जारी राखेका छन्।








