राैतहट, ८ वैशाख । रौतहटको कटहरिया नगरपालिकाका एक युवकको गएराति हत्या भएको छ ।
कटहरिया न.पा. वडा नं. -१ हनुमान टोलका राम एकवाल यादवका २५ वर्षिया छाेरा सञ्जीव यादवको निर्घात कुटपिट गरी हत्या गरिएको हो ।
कुटपिटबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घरमा रहेका सञ्जीवलाई उनकै टोलका राधे दासले गएराति करिब १० बजेकाे समयमा बोलाएर लगेका थिए ।
साथीसँग निस्किएका उनी केहीबेरपछि गम्भीर घाइते अवस्थामा फेला परेपछि तत्काल एम्बुलेन्समार्फत उपचारको लागि वीरगञ्ज लगिएको र टाउको छातीलगायत शरीरका विभिन्न अंगमा गम्भीर चोट लागेका यादवको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा राधे दासलाई नियन्त्रणमा लिनुका साथै घटनाकाे कारणबारे अनुसन्धाान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताउनु भयाे ।