रौतहट, ८ बैसाख ।
कोरोना भाईरस महामारी नियन्त्रणका लागि सरकारद्धारा गरिएको लकडाउनका बेला आफना नगरबासीलाई भोखैं बस्न नदिन गरुडा नगरपालिकाले आजबाट राहत वितरणको कार्य आरम्भ गरेको छ ।
नेपाल सरकार तथा प्रदेश नं.२ सरकारले जारी गरेको निर्देशनको पालनाका क्रममा विधिवत रुपमा सामग्री खरिद गरि नगरपालिकाले आजबाट राहत वितरणको कार्य नगरपालिकाको वडा नं १ जयनगरबाट आरम्भ गरिएको नगर प्रमुख इन्नु राय यादवले जानकारी दिनु भएको छ ।
नगरपालिकामा रहेका सबै आश्रित परिवारलाई राहत वितरण गर्ने योजना रहे बमोजिम नै आज वडा नं. १ का ४०० परिवारलाई चामल २५ किलो, दाल २ किलो, नुन १ किलो, चिनी १ किलो र खानेतेल १ लिटरका दरले वितरण गरिएको निमित प्रमुख प्रशासकिय अधिकृत मोहमद मुस्ताक आलमले जानकारी दिनु भएको छ ।


नगरलाई सुरक्षित गर्न प्रत्येक वडामा लामखुटे मार्ने औषधि र्छकनुका साथै नगरका प्रत्येक व्यक्तिहरुलाई माक्स, साबुन तथा सेनेटाइजर वितरण गरिएको र अब कोही भोकै बस्नु नपारोस भनि खाधान सामग्रीहरु वितरण गर्न लागिएको नगरपालिकाका कर्मचारी अनिल कुमार यादवले बताए ।
आजबाट आरम्भ गरिएको राहत वितरण कार्य नगरपालिकाका प्रत्येक वडाहरुका जनताहरुमा माझ छिटै नै पुर्याइने नगरपालिकाले जनाएको छ ।


नगरपालिकाले यस अघि आफना नगरभित्रका कोरोना संकास्पदहरुलाई क्वारेन्टाइनमा राखि राहत सहित घरमा केही दिन अझै क्वारेन्टाइन भई बस्न सल्लाह दिदैं फर्काएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here