रौतहट, २ बैशाख । कटहरिया नगरपालिका स्थित श्री जन्ता मा वि को कवारेन्टाइनमा कोरोनाको आशंकामा बसिरहेका २७ जनालाइ आज घर फ़र्काइएको छ । जनकपुर प्रादेशिक अस्पतालमा गरिएको स्वाब परिक्षणमा उनिहरुको रिपोर्ट निगेटिभ आएपछि आज उनीहरुलाइ राहत सहित घर फर्काइएको हो ।उनीहरुलाई कटहरिया नगर्पालिकाको तर्फ बाट राहत स्वरुप चामल २५ किलो,दाल २ किलो,नुन १ किलो ,खानेतेल २ लिटर,आलु ४ किलो,प्याज १ किलो,साबुन ४ पिस वितरण गरिएको छ । कटहरियाको कवारेनटाइन बाट ५ जना महिला ,२२ जना पुरुष गरि जम्मा २७ जनालाइ फर्काइएको हो । विदाइ हुनेहरु मध्ये ४ जना बालबालिका पनि रहेका थिए । कवारेनटाइमा बसनेहरुको संख्या ३४ रहेको कटहरिया पिएचसिका कार्यालय प्रमुख डा लक्षमण गुप्ताले जानकारी दिनुभयो । कटहरिया नगरपालिका नगर प्रमुख सियाराम कुशवाहा, र उप प्रमुख नुरजहाँ खातुन,इप्रका कटहरिया का सइ सुरेन्द्र सिंह,नेपाली सेनाका जमदार तारामान राइ,शसस्त्र प्रहरी बेश कयाम्प दुधियाभारका इन्सपेकटर राम थापा सहित पत्रकारहरुको रोहबरमा कवारेन्टाइमा बस्नेहरु लाइ छोडिएको थियो । विदाइ गर्दै नगर प्रमुख कुशवाहा र उप प्रमुख नुरजाहाँ खातुनले सबै जना घरमा सुरक्षित बस्न आग्रह गर्नुभयो ।