काठमाडौं ३० चैत । नेपाल आयल निगमले आजदेखि भरी ग्यासको सिलिण्डर बिक्री गर्ने भएको छ ।कोरोना संक्रमणका कारण उत्पन्न संकट कम गर्न भन्दै निगमले गएको १६ गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दै आएको थियो । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आइतबारबाट भरी सिलिण्डर अर्थात् १४।२ किलो परिमाणमा ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको हो ।
समितिको निर्देशन गलत्तै सबै डिलरले भरी सिलिण्डरको ग्यास मात्र बिक्री गर्न थलिसकेका छन् । प्राय सबै डिलरले भरी सिलिण्डर ग्यास बजारमा लैजान थालेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभयो ।
उद्योगसँग ग्यास पर्याप्त मात्रामा भएकाले उपभोक्तासँग भएका खाली सिलिण्डर सबै भरेर राख्न आग्रह गरीएको बताउनुभयो । उहाँका अनुसार एउटै डिलरले आधा र भरी दुवै प्रकारको सिलिण्डर बेच्न भने नपाउन भएका हुन् । आधा सिलिण्डर ग्यास स्टक भएकालाई भरी सिलिण्डर ग्यास दिइने छ । डिलरमा भएका आधा सिलिण्डर ग्यास बेच्नका लागि बिहीबारदेखि शनिबारसम्म समय दिएको थियो । भरी सिलिण्डर र आधा सिलिण्डरको ग्यास एकै ठाउँबाट बिक्री गरेमा कारबाही हुने निगमले जनाएको छ।
विश्वव्यापी रूपमा कारोना भाइरसको संक्रमणसँगै उपभोक्ताले घरमा ग्यास मौज्दात गर्न थालेपछि बजारमा ग्यासको अभाव भएको थियो।यसलाई मध्यनजर गदै नेपाल आयल निगमले चैत १३ गतेबाट बजारमा ७।१ किलोको आधा सिलिण्डर ग्यास पठाउन निर्देशन दिएको थियो ।उद्योगीले ग्यास खपत कम भएर बुलेटमै थन्किन थालेको गुनासो गरेपछि आयल निगमले भरी सिलिण्डर ग्यास मात्र बजारमा पठाउन निर्देशन दिएको हो । संभार जनता समाचार