रामचन्द्र दुलाल

सिन्धुपाल्चोक, २९ चैत । कोरोना भाइरस ९कोभिड १९० को सन्त्रास फैलिरहेकै बेला सिन्धुपाल्चोकमा समाचार संकलनमा खटेका सञ्चारकर्मीहरुलाई नेपाली कांग्रेसका नेता एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले कोरोना प्रतिरोधी पोशाक ९पिपिइ सेट० मास्क, सेनिटाइजर, सहयोग गर्नुभएको छ ।

कोरोना रोकथामकालागि अग्रमोर्चामा रहेर खटिने सञ्चारकर्मीलाई पिपिइ सेट सहयोग गरेको सम्भवतः नेपालमा पहिलो भएको बताइएको छ ।

पूर्व सूचना तथा सञ्चारमन्त्री बस्नेतले संचारकर्मीहरु कोरोना भाइरसबारे समाचार संकलन गर्न जानु पर्ने भएकोले संक्रमण नहोस् भनेर पिपिई सेट लगायतको सहयोग गरिएको बताउनु भयो । उहाँले संचारकर्मीले कोरोना भाइरसको त्रासबाट मूक्त भएर रिपोटिङ गर्न सहयोग मिलोस् भनेर सहयोग गरिएको जानकारी दिनु भएको छ । पहिलो पटक चार सञ्चारकर्मीलाई पिपिई सेट सहयोग गरिएको छ भने छिटै नै जिल्लाभरका संचारकर्मीलाई सो सहयोग उपलब्ध गराउने बताइएको छ ।

पत्रकारहरुले पिपिई सेट पाएपछि रिपोटिङमा ढुक्क भएको प्रतिक्रिया दिएका छन् । गोरखापत्र, नेपाल टेलिभिजन, एपीवान टिभि, प्राइम टिभी लगायतका संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई पिपिई सेट प्रदान गरिएको छ ।

यसैगरी जिल्ला समन्वय समितिले सिन्धुपाल्चोकमा क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट सहयोग गरेको नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here