रौतहट २८ चैत । रौतहटको परोहा नगरपालिकाकी उपप्रमुख तथा नेपाली काँग्रेस पार्टीको महिला नेतृ सुगान्धी गिरीले आफ्नो एक महिनाको घर भाडा नलिने घोषणा गरेकी छिन ।
कोभिड १९ नोबेल कोरोना भाइरस संक्रमितको चपेटमा पुरै बिश्वब्यापी रूपमा फैलिएको कारण देशभरमा १७ दिन देखि लकडाउन लागेको छ । गरिब, असहाय र ज्यालादारी गरि खाने व्यक्तिहरूको अहिलेको अवस्थामा धेरै कठिनाइको सामना गर्नु परेको हुनाले मनकारी घरपट्टी घनी उपप्रमुख गिरीले चैत मसानको घरभाडा नलिने आज घोषणा गर्नुभएकी छिन ।
कोभिड १९ नोबेल कोरोना भाइरसको त्रासले र संक्रमनले हजारौं हजार सर्वसाधारण आफ्नो ज्यान गुमाएको हुनाले नेपाल सरकारले सुरक्षित र सचेत रहनको लागि देशभरिमा लगाएको लकडाउनको कारण आर्थिक अवस्था धेरै कमजोर भएकोले गौर नपा ५ जिल्ला प्रहरी कार्यलयको छेउ पश्चिम पट्टीमा रहेको आफ्नो घरभित्र भाडामा पसल खोलेकाहरुसँग भाडा नलिने घोषणा गर्नुभएको हो ।
भाडा नलिने भन्दै उहाँले अन्य घरपट्टी धनीसँग पनि आफुले यस्तो ठूलो विपदको घडीमा एक अर्कोलाई सके सम्मको सहयोग गर्न आग्रह समेत गरिन ।